प्रधानमन्त्री दाहाल दोहा जाने तयारीमा

बकैया दर्पण संवाददाता
१० फाल्गुन २०७९, बुधबार ०८:५५

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख -फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । ‘अहिलेसम्म दोहा जाने नै भन्ने छ, तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ, त्यसमा डिपेन्ड गर्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बतायो । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*