राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउँदै

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार २०:०९

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन ९ गते बागमती प्रदेशको राजधानी हेटौंडामा आउने भएका छन् । राष्ट्रपति भण्डारी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्न हेटौंडा आउने भएकी हुन् ।

प्रतिष्ठानले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । भवन उद्घाटनका लागि अस्पतालको भवन वरपर सरसफाई तिब्र पारिएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याइएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए ।

प्रतिष्ठानका उपकुलपति बिश्वराज जेशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले सबैखालका तयारी तिब्र रुपमा गरिएको र कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने बताए ।

४३ करोड रुपैयाँ लागतमा नवनिर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तालिका रहेको प्रतिष्ठानका रजिष्टार प्रसाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*