सातौँ निर्वाचन दिवस मनाइँदै

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार १०:०३

मकवानपुर । आज सातौँ निर्वाचन दिवस मनाइँदैछ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । साथै आयोगले निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षमा अग्रसर हुने प्रतिबद्धता पनि जनाएको छ ।

सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिनुभएको छ ।

विसं २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउन लागिएको हो । यसैवर्ष गएको वैशाख ३० गते पालिकाको र मङि्सर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव एकै चरणमा भएको थियाे । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*