पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०९:५३

मकवानपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न ।’

पूर्व राजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूप्रति आशा व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*