बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माद्वारा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०९:२५

मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै हरेक वर्ष फागुन ७ गतेका दिन मनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माको शुभकामनामा भनिएको छ, ‘ यो सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रजातन्त्रप्रेमी दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु ।’
प्रदेश प्रमुख शर्माले प्रजातन्त्र स्थापना पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनहरुमा संघर्ष, त्याग तथा बलिदान गर्ने महान शहीदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हाँसिल गर्नका लागि सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
साथै उनले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबबोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रुपमा सम्झन सबैलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*