आजबाट नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान शुरु

बकैया दर्पण संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार १०:०६

मकवानुपर । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यो अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइएको छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*