विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्‍जु दर्शना

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार ०९:०७

मकवानपुर । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको उक्त पार्टीको पहिलो महाधिवेशनले समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।

गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुन: नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा सुरुवातदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् ।

उनका बुवा दीपकप्रकाश बाँस्कोटा भने कांग्रेसका नेता हुन् । तर उनी अहिले सक्रिय राजनीतिमा छैनन् । उनी कांग्रेसबाटै मन्त्री समेत बनेका थिए । महाधिवेशनले पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल सर्वसम्मत चयन भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*