लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार १९:४०

मकवानपुर । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् । बुधबार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म संचालन भएको निर्वाचनबाट दसौली विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदीले ४ हजार २६ मत प्राप्त गर्दा कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत प्रापत गरेका थिए ।
दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*