राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार ०९:०१

मकवानपुर । सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा सभापति रवि लामिछानेको राहदानी विवाद छानबिनको विषय बनेकाले अस्वीकार गर्दै आउनु भएको छ ।

हिजो गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रस्ताव गर्नु भएको थियो । यस विषयमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनु भएको थियो । त्यसपछि हिजो अबेरसम्म बैठक बसेको थियो । तर बैठकले कुनै पनि निर्णय गर्न सकेन । आज निर्णायक छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*