आज माओवादी केन्द्रको स्थायी कमीटीको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२१ माघ २०७९, शनिबार १०:२३

मकवानपुर । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए । रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*