कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलायो

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १४:४३

मकवानपुर । कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल हुने छ । बिहीबार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारी टुंगो लगाउने निर्णय गरेको थियो । माघ २२ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ ।

लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । माघ २५ गते हुने निर्वाचनमा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*