आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १०:४८

मकवानपुर । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ । यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका थिए ।

गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् । बिहिबारै बसेको रास्वपाको बैठकले २ दिनपछि सरकारमा सहभागी हुने या नहुनेबारे ठोश निर्णय लिने निष्कर्ष निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*