राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

बकैया दर्पण संवाददाता
१९ माघ २०७९, बिहीबार १६:११

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गर्ने तयारी छ।

रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेको विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न लागेको हो। गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको रास्वपाले आज त्यसविषयमा पनि छलफल गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*