मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा विरेन्द्र ठाकुर नियुक्त

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १८:३४

मकवानपुर । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा उनलाई नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*