गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १८:४४

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका थिए।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदान गरेनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित रहे।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*