जसपाका सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १४:०८

मकवानपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

१ सय ७ सिट रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । बारा १(२) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएका यादव प्रदेशका पूर्वसभामुख समेत हुनुहुन्छ । मधेश प्रदेशमा जसपाका १६ जना सांसद रहेका छन् । त्यस्तै प्रदेश सभामा एमालेका २३, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादीका १–१ जना सांसद रहेका छन् ।

मधेशमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*