बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १२:२८

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुभएको थियो । उहाँले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गर्नुभएको छ । उहाँले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या घटाउने निर्णय गर्नुभएको हो । मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिती गठन गर्ने निर्णय गर्नुभएको छ । उक्त समितीले आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेश गर्नु पर्नेछ ।

त्यस्तै, मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र संघीय सरकार समक्ष विशेष र समपुरक तर्फको अनुदानका योजनाहरु तयार पारी पठाउने निर्णय गर्नुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल यसअघि वि।सं।२०७४ साल माद्धको तेस्रो हप्तामा गठन तत्कालिन मुखयमन्त्री डोरमणि पौडेलको मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्री र वि।सं। २०७८ साल माघ ११ गते गठित मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रीपरिषद्मा उहाँ आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*