माघ १ मा कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन आगामी

बकैया दर्पण संवाददाता
२५ पुष २०७९, सोमबार १७:२७

मकवानपुर । कर्णाली प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् ।

उनले प्रदेशसभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन् । सोमबार प्रदेश सभाको दोस्रो कार्याकालको दोस्रो बैठकमा शाहले कर्णाली प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिक सुचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*