एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको हाे। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले...

भ्रष्टाचारी नै भ्रष्टाचारको विरोधी भएको कमल थापाको आरोप

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीति भ्रष्टाचारको जालोमा रहेको बताएका छन् । राजनीतिक दलका नेता नै भ्रष्टाचारको विरुद्धमा बोल्न नसकेका कारण मुलुक आर्थिक संकटको स्थितिमा पुगेको उनको भनाइ छ । बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...

हेटौंडामा आजबाट अन्तराष्ट्रिय गोल्डकप सुरु हुने

मकवानपुर । हेटौंडामा आजबाट चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । आजबाट आगामी जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने भएको हो । आज दिउँसो हुने...

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक भोलि बस्ने

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि बिहीबार बिहान ८ बजे बस्ने भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट मीना कुमारी लामाको नेतृत्वमा नयाँ स्थानीय सरकार गठन भएपछि हेटौंडा उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्न लागेको हो ।...

सुनाचुरीमा एक युवकको शव फेला

मकवानपुर । मनहरी गाउँपालिकाको सुनाचुरीमा एक युवकको शव फेला परेको छ । शव जंगलमा खोल्सा जस्तो स्थानमा फेला परेको छ । शव मनहरी–६ सुनाचुरी बस्ने १६ वर्षिय सुरेश लामा रहेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा कुनैपनि किसिमको चोटपटक...

हेटौंडा १८ का कृषकले खेत जोत्दा अनुदान पाउने, स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको सेवा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १८ का कृषकले खेतबारी जोत्दा अनुदान पाउने भएका छन् । नवनिर्वाचित वडाअध्यक्ष अनिलकुमार बानियाँले वडाबासी किसानलाई कृषि कर्ममा प्रोत्साहन गर्न बर्षको १ पटक खेतबारी जोत्दा लाग्ने कूल खर्चको १५ प्रतिशत अनुदान उपलब्ध गराउने...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आज छलफल

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।...

हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा विहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग...

बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथि छलफल

मकवानपुर । बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ । प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो । मंगलबार छलफल सक्ने र बुधबार सांसदहरुले उठाएका...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक...