सुदूरपश्चिमका ७ जिल्ला सञ्चारबिहीन

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ११:३५

बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारबिहीन भएको उहाँले बताउनुभएकाे छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय विवरण संकलन, नागरिकता विवरणलगायतका काम प्रभावित उहाँले बताउनुभएकाे छ । सञ्चारबिहीन भएका कारण अहिले निकै समस्या भएको उहाँले बताउनुभएकाे छ।

सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । अवरुद्ध सञ्चार सेवा सुचारूका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको उहाँले बताउनुभएकाे छ।

अब छिट्टै समस्या समाधान हुने समेत उहाँले बताउनुभएकाे छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*