मकवानपुरमा राजमार्ग नजिकै टाउको किचिएको अस्थामा एक शव फेला

बकैया दर्पण संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार १४:५५

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा राजमार्ग नजिकै टाउको किचिएको अस्थामा एक शव फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव मनहरी गाउँपालका वडा नंंबर ६ डिपार्टमा फेला परेको ईलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

‘आज बिहान ५:४५ बजे सडक नजिकै शव फेला परेको स्थानीयबाट जानकारी आयो,प्रहरी घटनास्थलमा पुग्दा टाउको सहित शरिर किचिएको अवस्थामा शव फेला पर्यो निरीक्षक थापाले भने,अनुहारनै छैन्,चिनिने अवस्था छैन् । कुनै ठूलो सवारीले किचेर गएको हुनसक्छ ।’

निरीक्षक थापाका अनुसार घटनास्थल नजिकै टायर पसल समेत रहेको र उक्त पसलमा गएराति एक १२ चक्के सवारी पार्किङ गरेर राखिएको भन्ने खुलेको छ । ‘राजमार्गबाट करिब २ देखि ३ मिटर नजिक पार्किङ सवारीले बिहान दायाँ बाँया नहेरि हिड्दा सुतिरहेको व्यक्तिलाई किचेर गएको हुनसक्छ,पार्किङ गरेकै स्थानमा शव भेटिएको हुँदा उक्त सवारीमाथि आशंका छ । त्यही सवारी हो या होईन अनुसन्धानबाट खुल्ने छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*