कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम भोलि ल्याउने

बकैया दर्पण संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १०:०५

मकवानपुर । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार ल्याउने तयारी गरेको छ ।
अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो । बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्तवका आयोजना प्रस्ताव गर्दा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति समेत लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*