वातावरण दिवसमा जनचेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रम

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १६:३१

मकवानपुर । ५० औँ विश्व वातावरण दिवसको दिन हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरेका गरी वातावारण सप्ताहा समापन गरेको छ । विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नेपथ्यको धुनको सहायतामार्फत साङ्केतिक रुपमा नाटक प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसका दिन वातावरण सम्बन्धी नृत्य तथा गीत विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।
वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी नवोदय विद्यालयले बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय उच्च मावि र हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गर्नुको साथै वातावरण सम्बन्धी चित्र बनाएका थिए ।

विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालय कक्षा ४ मा रहेका विद्यार्थीहरुले मानसचोक, सङ्गमचोक, सानोपोखरा र मनकामना चोकमा वातावरण पुलिस कार्यक्रम सञ्चालन भएको थियो भने आइतबार कक्षा ३ का विद्यार्थीहरुले ¥याली निकाल्नुको साथै पशुपति मन्दिर सरसफाई गरेका थिए । यसै वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाएको थिए ।

नवोदय विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । विश्व वातावरण दिवसको अवसरमा हरेक वर्ष नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम क्षेत्रीले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*