लामिटर–हर्दा जोड्ने पुल बन्ने, बर्खामा चौराखोलाको सास्ती अन्त्य हुने अपेक्षा

मकवानपुर,बागमती – मकवानपुरको बागमती गाउँपालिका वडा नं–७ अन्तर्गत लामिटर–हर्दा क्षेत्रमा चाँडै पुल निर्माण हुने भएको छ। पुल निर्माण प्रक्रिया अगाडि बढेसँगै स्थानीयवासीमा उत्साह छाएको छ। वर्षायाममा चौराखोला बढ्दा लामिटर र विशेष गरी हर्दा गाउँका बासिन्दाले हरेक वर्ष सास्ती भोग्दै...

मनहरी–९ रजैयामा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा ट्रक र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। मिति २०८२ फागुन १४ गते राति करिब २३:४० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१५ नम्बरको...

बकैया गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

बकैया,मकवानपुर — बकैया गाउँपालिकाको आयोजनामा फागुन महिनाभर गाउँपालिकाका विभिन्न वडाहरूमा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) तथा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा महिलाहरूका लागि पाठेघरको...

हेटौंडामा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गयो

मकवानपुर, २०८२ फागुन १३ — मकवानपुरको हेटौंडा  उपमहानगरपालिका–१९ बस्तिपुरमा आज बिहान सवारी दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ। बिहान करिब ५:०५ बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको...

बागमती–८ मा काली वेदाघारी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न

बागमती,मकवानपुर । बागमती गाउँपालिका–८ मा काली वेदाघारी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन संरक्षण, व्यवस्थापन तथा आगामी कार्ययोजनामाथि समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं.–८ का वडा अध्यक्ष केशव तिमल्सिना...

राष्ट्रिय स्वतन्त्र पार्टीमा राजीनामाको लहर

मकवानपुर  । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा विभिन्न तहका नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। उम्मेदवार छनोट प्रक्रिया, आन्तरिक लोकतन्त्रको अवस्था तथा संगठन सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरू पार्टीबाट...

मनहरी–७ बिजौनामा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

मकवानपुर, १० फागुन २०८२। जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौना स्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। आज बिहान करिब ०७:१० बजे वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित...

बागमती–३ जरायोटारमा आगलागी, करिब ३ लाख बराबरको क्षति

मकवानपुर,बगमती । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–३ जरायोटारमा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आज मिति २०८२।११।०९ गते बिहान करिब ११:३० बजेको समयमा स्थानीय विकास वाईवाको ब्लक र खरको छानाबाट बनेको दुई तले कच्ची घरमा अचानक...

मकवानपुरको इन्द्रसरोवरमा स्कारपियो दुर्घटना : एकै परिवारका चार जना घाइते, एक गम्भीर

मकवानपुर, फाखेल । मिति २०८२ फागुन ९ गते बिहान करिब ६:०० बजे जिल्ला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसी स्थित कुलेखानी–फाखेल–काठमाण्डौ सडकखण्डमा स्कारपियो दुर्घटना भएको छ। प्रहरी चौकी फाखेल मकवानपुरका अनुसार बिहान ६:३० बजे दुर्घटनाको खबर प्राप्त हुनासाथ प्र.स.नि. कमल...

बागमती–१ मा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल सुरु, उद्घाटन खेलमा रामपुर युवा टिम ट्राइब्रेकरबाट विजयी

मकवानपुर,बागमती – बागमती गाउँपालिका वडा नं.–१ माझगाउँको आयोजनामा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता विधिवत रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नोआ एफसी (Noah FC) र रामपुर युवा टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको पहिलो हाफ...