लामिटर–हर्दा जोड्ने पुल बन्ने, बर्खामा चौराखोलाको सास्ती अन्त्य हुने अपेक्षा

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०८२, शुक्रबार १४:१४

मकवानपुर,बागमती – मकवानपुरको बागमती गाउँपालिका वडा नं–७ अन्तर्गत लामिटर–हर्दा क्षेत्रमा चाँडै पुल निर्माण हुने भएको छ। पुल निर्माण प्रक्रिया अगाडि बढेसँगै स्थानीयवासीमा उत्साह छाएको छ।

वर्षायाममा चौराखोला बढ्दा लामिटर र विशेष गरी हर्दा गाउँका बासिन्दाले हरेक वर्ष सास्ती भोग्दै आएका छन्। खोला बढेपछि आवत–जावत पूर्ण रूपमा अवरुद्ध हुने, विद्यार्थी विद्यालय जान नसक्ने, बिरामीलाई उपचारका लागि लैजान कठिन हुने जस्ता समस्या रहँदै आएको थियो।

अब पुल बन्ने भएपछि बर्खाको समयमा चौराखोलाले दिने दुःखबाट स्थानीयले राहत पाउने अपेक्षा गरिएको छ। पुल निर्माण भएपछि दैनिक आवत–जावत सहज हुनुका साथै स्थानीय व्यापार, शिक्षा र स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*