फ्रान्सविरुद्ध मोरक्को : म्याच प्रिभ्यु

बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार ११:५६

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।

हेड टु हेड –

दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । तर,दुई टोलीबीच अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको छ ।

फ्रान्स र मोरक्कोबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा ७ खेल फ्रान्सले जितेको छ । मोरक्कोले १ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

फ्रान्स – ह्युगो लोरिस, जुल्स कुन्डे, राफेल भाराने, डेओट उपमेकानो, थियो हर्नान्डेज, अरुलिन चुवामेनी, एड्रिन राबीओट, उस्माने डेम्बेले, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जेरुड

मोरक्को – यासिन बोनोउ, आच्रफ हाकिमी, जावाद एल यामिक, रोमैन सैस, याह्या अत्टियट अल्लाह, एजेदिन ओनाही, सोफयान अम्राबत, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

प्लेयर्स टु वाच –

यस खेलमा फ्रान्सका ओलिभर जेरुड र मोरक्कोका हाकिम जिएच प्लेयर्स टु वाचमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*