बकैया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आयोजना हुँदै

बकैया दर्पण संवाददाता
१२ माघ २०८२, आईतवार १८:०९

बकैया,मकवानपुर – बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ का लागि गाउँपालिकास्तरीय छनोट प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रतियोगितामा सहभागी हुन बकैया गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई तयारी गरी नियमअनुसार सहभागिता जनाउन अनुरोध गरिएको छ।छनोट प्रतियोगिता २०८२ साल माघ १९ र २० गते श्री कर्मपाती माध्यमिक विद्यालय, बकैया–५ कर्मबेलीमा आयोजना हुने भएको छ। प्रतियोगिता बिहान ६ बजेबाट सुरु हुने जनाइएको छ।

बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार वडा खेलकुद विकास समितिका संयोजकहरूलाई आफ्ना वडाभित्रका विद्यालयहरूसँग समन्वय तथा सहजिकरण गर्न पनि आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*