बागमती–१ मा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन १ देखी हुँदै

बकैया दर्पण संवाददाता
१५ माघ २०८२, बुधबार ०६:०८

मकवानपुर,बागमती – मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ माझगाउँमा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको बागमती गाउपालिका वडा नं १ का वडा अध्यक्ष हस्तबहादुर थिङले जनाएको छ। सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार रुपैयाँ मात्र तोकिएको छ।

प्रतियोगिताको प्रायोजक बागमती गाउँपालिका वडा नं. १ माझगाउँ रहेको छ भने आयोजक त्रीशक्ति युवा क्लब र सह–आयोजक श्रमजीवी युवा मञ्च रहेका छन्।स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा उजागर गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*