गोल्डेन बुटको दौडमा मेस्सी, एम्बाप्पे र जिरुड

बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार ०७:३५

एजेन्सी । कतार विश्वकपमा गोल्डेन बुटको दाबेदारमा लियोनल मेस्सी केलियन एम्बाप्पे र ओलिभर जिरुड दौडमा रहेका छन् ।

विश्वकपको उपाधि छिनोफानोका लागि अब दुई खेल मात्र बाँकी रहँदा तीन खेलाडी गोल्डेन बुटको दाबेदार देखिएका छन्। फ्रान्सका एम्बाप्पे अर्जेन्टिनाका मेस्सी र फ्रान्सकै जिरुडले पछ्याइरहेका छन्। कतार विश्वकप सुरु हुनुअघि विश्वचर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएको थियो । समूह चरणका खेल सकिँदासम्म पनि पोर्चुगलका ब्रुनो फर्नान्डेजदेखि स्पेनका अल्भारो मोराटासम्म गोल्डेन बुटको दौडमा थिए । तर, सेमिफाइनल समीकरणमा आइपुग्दा प्रमुख तीन खेलाडीमात्र यसका दाबेदार देखिएका छन् । त्यसमध्ये पहिलो नम्बरमा छन् केलियन एम्बाप्पे ।

२३ वर्षीय युवा स्टार एम्बाप्पेले पाँच गोल गरेका छन्। समूह चरणमा उनले अष्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । नकआउट चरणमा पोल्यान्डविरुद्ध दुई गोल गरेसँगै उनी गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन् । फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्ने छ। यस खेलमा उनले आफ्नो गोलसंख्या अझै बढाउने अनुमान छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी गोल्डेन बुटका दोस्रा दाबेदार हुन्। उनले पनि पाच् गोल गरेका छन् । पहिलो खेलमा मेस्सीको गोलमा टिमले अग्रता लिए पनि साउदी अरेबियासँग अप्रत्यासित हार बेहोरेको थियो । समूह चरणमा मेक्सिकोविरुद्ध गोल गरेका मेस्सीले पोल्याण्डविरुद्ध भने पेनाल्टी पाए पनि गोल गर्न सकेनन् । प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्डसँग पनि मेस्सीले एक–एक गोल गरे । हिजो भएको खेलमा क्रोएसियाविरुद्ध एक गोल गर्दै गोलसंख्या पाँच पु¥याएका छन् ।

फ्रान्सका ओलिभर जिरुड गोल्डेन बुटका तेस्रा दाबेदार हुन्। जिरुडले प्रतियोगिताका पाँच खेलमा चार गोल गरिसकेका छन् । फ्रान्सका लागि उत्कृष्ट फिनिसरको भूमिका निर्वाह गरिरहेका जिरुडले सेमिफाइनलमा समेत गोल गर्नसक्छन् । फ्रान्सका लागि पाँच गोल गरेका एम्बाप्पे प्लेमेकर र जिरुड फिनिसरको भूमिकामा रहनेछन् । उनले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई गोल गरेका थिए । नकआउट चरणमा पोल्यान्डविरुद्ध गोल गरेका उनले क्वार्टरफाइनलमा इङ्गल्याण्डविरुद्ध निर्णायक एक गोल गरेका थिए । अघिल्लो संस्करणको विश्वकपमा इङ्गल्यान्डका कप्तान हृयारी केनले गोल्डेन बुट जितेका थि ए।

विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन् । गोल संख्या बराबर भए पेनाल्टी सुटआउटमा गोल गरेका अथवा गोलको अवसर सिर्जना गरेका आधारमा दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*