अर्जेन्टिनाविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु

बकैया दर्पण संवाददाता
२७ मंसिर २०७९, मंगलवार १४:३७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुबैका लागि विश्वकप उपाधि जित्न यो अन्तिम मौका रहेको छ ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन । क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमै हराएको थियो ।

हेड टु हेड –

अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म पाँच खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिना र क्रोएसिया समान दुई खेलमा जित निकालेको छ । एक खेल बराबरीमा टुंगिएको छ । अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

सम्भावित सुरुआती-११

अर्जेन्टिना – एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, निकोलस टाग्लियाफिको, रोड्रिगो डी पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज, लियोनेल मेस्सी

क्रोएसिया – डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच, एन्ड्रेज क्रमारिच, मारियो पासालिच, इभान पेरिसिच

प्लेयर्स टु वाच –

यस खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*