पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
२५ मंसिर २०७९, आईतवार ०५:४६

एजेन्सी । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यस्तै मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे । पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*