इंग्ल्यान्डविरुद्ध फ्रान्स : म्याच प्रिभ्यु

बकैया दर्पण संवाददाता
२४ मंसिर २०७९, शनिबार १९:४५

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आज शनिबार इंग्ल्यान्ड र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

हेड टुड हेड –

इंग्ल्यान्ड र फ्रान्स चिरपरिचित प्रतिद्वन्दी हो । दुई टोलीबीच हालसम्म ३१ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १७ खेल जितेको छ । ९ खेलमा फ्रान्सले जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

फ्रान्स – हुगो लोरिस, जुलेस कुन्डे, डायोट उपामेकानो, राफायल भरान, थियो हर्नान्डेज, अरेलिन तुचामेनी, एड्रिन राबिअट, एन्टोनियो ग्रीजम्यान, ओसुमाने डेम्बेले, ओलिभर जेरुड, केलियन एमबाप्पे

इंग्ल्यान्ड – जोर्डन पिकफोर्ड, केली वाल्कर, जोन स्टोन्स, ह्यारी मग्वायर, लुक श, डेक्लान राइस, जुड बेलिङहम, मासन माउन्ट, रहिम स्टर्लिङ, ह्यारी केन, बुकायो साका

प्लेयर्स टु वाच –

यस खेलमा इंग्ल्यान्डका ह्यारी केन र फ्रान्सका केलियन एमबाप्पे प्लेयर्स टु वाचमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*