मोरक्कोविरुद्ध पोर्चुगल : म्याच प्रिभ्यु

बकैया दर्पण संवाददाता
२४ मंसिर २०७९, शनिबार १९:३७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा आज शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

मोरक्को आज पोर्चुगललाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । पोर्चुगल पनि मोरक्कोलाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ । पोर्चुगलले राउण्ड अफ १६ मा स्विट्जरल्यान्डलाई हराएको थियो ।

हेड टु हेड –

मोरक्को र पोर्चुगलबीच अहिलेसम्म दुई खेलमा प्रतिस्पर्धा भएको छ । जसमा मोरक्को र पोर्चुगलले एक एक खेल जितेका छन् ।

सम्भावित सुरुआती-११

मोरक्को – यासिन बोनौ, अच्राफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नौसैर माजरौई, अब्देलहामिद साबिरी, सोफ्यान अम्राबात, एजेदिन ओनाही, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

पोर्चुगल – डियोगो कोस्टा, जोआ कान्सेलो, रुबेन डायस, पेपे, राफेल गुरेरियो, रुबेन नेभेस, विलियम कार्भाल्हो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, क्रिस्टियानो रोनाल्डो

प्लेयर्स टु वाच –

यस खेलमा मोरक्कोका हाकिम जिएच र पोर्चुगलका ब्रुनो फर्नान्डेस प्लेयर्स टु वाचमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*