विश्व कप फुटबल:-समूह चरणका अन्तिम ४ खेल हुँदै

बकैया दर्पण संवाददाता
१६ मंसिर २०७९, शुक्रबार १०:३२

एजेन्सी । फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् ।

यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति पौने १ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*