पेले अस्पताल भर्ना

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:३६

काठमाडौं । ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् ।

८२ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् । पेलेका छोरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेलेको सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*