कतार विश्वकप : आज बिहीबार चार खेल हुदै

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:३४

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरुबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।

यस खेलहरुबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*