साउदीमाथि मेक्सिकोको जित

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:३०

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मेक्सिकोले जित निकालेको छ ।

लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो । खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरेपनि मेक्सिको २-१ ले विजयी भयो ।

साउदीमाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*