डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:२९

एजेन्सी । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो । अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो । अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् ।

यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो । डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*