ट्युनिसियासँग हार्यो फ्रान्स

बकैया दर्पण संवाददाता
१५ मंसिर २०७९, बिहीबार १०:२७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ ।

एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो । ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरे । खेलको इन्जुरी समयमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए । तर, भीएआरले उनलाई अफसाइड देखाएको थियो । जसको कारण उनको गोलले मान्यता पाएन ।

समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । समूह ‘डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । ट्युनिसियाले ३ खेलमा ४ अंक जोड्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*