नेदरल्यान्ड्स समूह विजेता

बकैया दर्पण संवाददाता
१४ मंसिर २०७९, बुधबार १०:३७

एजेन्सी । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे ।

यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो । नेदरल्यान्ड्स समूह ‘ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । कतारले ३ खेलमा अंक जोड्न सकेन । कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*