अमेरिका नकआउट चरणमा

बकैया दर्पण संवाददाता
१४ मंसिर २०७९, बुधबार १०:३६

एजेन्सी । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*