सेनेगल नकआउट चरणमा

बकैया दर्पण संवाददाता
१४ मंसिर २०७९, बुधबार १०:३५

एजेन्सी । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो । सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए । यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ । इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*