‘आहा रारा पोखरा गोल्डकप’ सञ्चालन हुने

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १३:४९

मकवानपुर । आहा रारा गोल्डकपले अब पोखरालाई ब्राण्डिङ गर्ने भएको छ। २२ औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरण गरेर सञ्चालन हुने भएको हो । पोखरालाई ब्राण्डिङ गर्नलाई आहा रारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुने आयोजक साहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए ।

आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि प्रायोजन सम्झौतामा मंगलबार हस्ताक्षर गर्दै नाम फेरिने उल्लेख गरिएको हो । आगामी पुस १२ गते देखि २३ गतेसम्म २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप पोखरा रंगशालामा हुँदैछ । २०५८ सालमा क्यारभाना गोल्डकपबाट सुरु भएको थियो। २०५९ सालदेखि आहा गोल्डकप नामकरण भयो । त्यतिबेलादेखि नै केसी ग्रुपले प्रायोजन गर्न थालेको हो । २०६९ सालदेखि आहा! रारा गोल्डकप सुरु भयो । आगामी १० वर्षका लागि हिमश्री फुड्स प्रालिले प्रायोजन सम्झौता गर्दै अबदेखि आहा रारा पोखरा गोल्डकप नामाकरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*