स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:४०

एजेन्सी । ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।

यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ । समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*