बराबरीमा रोकिए क्यामरुन र सर्बिया

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:३६

एजेन्सी । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् ।

दुवै टोलीले अंक बाडेको खेल ३-३ को बराबरीमा सकिएको थियो । अल जनौब रंगशालामा भएको खेलमा २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले क्यामरुनलाई सुरुआती अग्रता दिलाएका थिए । क्यामरुनका लागि एलेक्जेन्डर मित्रोभिच र अबुबकारले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । इन्ज्युरी समयमा नै सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै सबिैयालाई अग्रता दिलाए । ५५ औं मिनेटमा चुपो मोटीङले क्यामरुनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । क्यामरुन र सबिर्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*