कतार विश्वकप : आज सोमबार चार खेलहरु हुँदै

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार १०:२९

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रदै छन् । ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।

त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ । कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*