स्पेन र जर्मनीको बराबरी

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार १०:२७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् ।

आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन । खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए ।

यस बराबरीसँगै समूह ‘ई’ बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ । जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*