क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार १०:२६

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । ४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३- १ को अग्रता दिलाए । त्यस्पपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए ।

जितसँगै समूह ‘एफ’ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । क्यानडा पुछारमा रहेको छ । क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*