मोरक्कोद्वारा बेल्जियम पराजित

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार १०:२४

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।

यस जितसँगै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*