कोस्टारिकाले जापानलाई हरायो

बकैया दर्पण संवाददाता
१२ मंसिर २०७९, सोमबार १०:२३

मकवानपुर । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।

कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ‘ई’ को तेस्रो स्थानमा रहेको छ । जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*